जिल्ला डडेल्धुरा, परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अ.हे.व. रमेश बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०८।१४ गते।
------------------------------------------

जिल्ला डडेल्धुरा, परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अ.हे.व. रमेश बोहराको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली भएकोले आवश्यक छानबिन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रमेश बोहराले परशुराम नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, जोगबुडा, डडेल्धुरामा राष्ट्रसेवकको रुपमा अ.हे.व. ओहदा/पद पाउने उद्देश्यले Council For Technical Education and Vocational Training, OFFICE OF THE CONTROLLER OF EXAMINATIONS, Bhaktapur बाट जारी भएको COMMUNITY MEDICINE ASSISTANT तहको झुट्टा/नक्कली Mark-Sheet र प्रमाणपत्रहरू पेस गरी उक्त परशुराम नगरपालिका वडा नं. ८ अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रको अ.हे.व. तहको ओहदा/पदमा मिति २०७७।०५।११ गते नियुक्त भई हालसम्म बहाल रहेको देखिन आएबाट निज रमेश बोहराले शैक्षिक योग्यताको झुट्टा प्रमाण-पत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03