जिल्ला डडेल्धुरा, परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अ.हे.व. रमेश बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०८।१४ गते।
------------------------------------------

जिल्ला डडेल्धुरा, परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अ.हे.व. रमेश बोहराको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली भएकोले आवश्यक छानबिन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रमेश बोहराले परशुराम नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, जोगबुडा, डडेल्धुरामा राष्ट्रसेवकको रुपमा अ.हे.व. ओहदा/पद पाउने उद्देश्यले Council For Technical Education and Vocational Training, OFFICE OF THE CONTROLLER OF EXAMINATIONS, Bhaktapur बाट जारी भएको COMMUNITY MEDICINE ASSISTANT तहको झुट्टा/नक्कली Mark-Sheet र प्रमाणपत्रहरू पेस गरी उक्त परशुराम नगरपालिका वडा नं. ८ अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रको अ.हे.व. तहको ओहदा/पदमा मिति २०७७।०५।११ गते नियुक्त भई हालसम्म बहाल रहेको देखिन आएबाट निज रमेश बोहराले शैक्षिक योग्यताको झुट्टा प्रमाण-पत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06