जिल्ला सप्तरी, शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलिप कुमार गुप्तासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०६।१५ गते।
------------------------------------------

जिल्ला सप्तरी,  कञ्चनरुप न.पा. वडा नं. ३ स्थित शंकर मा.वि., बरमझियाका प्र.अ.ले आ.व. २०७१/०७२ मा बिद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता, उक्त विद्यालयका विद्यार्थीहरुको नाममा विभिन्न शीर्षकमा आएको विभिन्न आर्थिक वर्षहरुको छात्रवृत्ति रकम विद्यार्थीहरुलाई नबाँडेको, आ.व. २०७३/०७४ मा निकासा भएको पी.सी.एफ. अनुदानवापतको रकमसमेत शिक्षक नराखी हिनामिना गरेको, पाठ्यपुस्तक खरिदमा समेत अनियमितता गरी विगत ५ वर्षदेखि विद्यालयको आय र व्यय सार्वजनिक नगरी विद्यालय कोषको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका तत्कालीन प्रधानाध्यापक दिलिप कुमार गुप्ताले विद्यालयको प्र.अ. रहँदा विद्यालयको शौचालय निर्माणमा रु.६२,५८३।३६, छात्रबृत्तिको रकममा रु.३,१०,४००।- पाठ्यपुस्तकको रकम रु.१,२६,२४७।२६ र पी.सी.एफ. शिक्षक तलबभत्ता रु.१,५०,६८६।- निकासा लिई मनोमानी ढंगले खर्च गरी रु.6,49,९16.६२ हानिनोक्सानी पुर्‍याएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रु.6,49,९16.६२ (छ लाख उनान्चास हजार नौ सय सोह्र रुपैयाँ पैसा बैसठ्ठी) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार विगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम विगोसमेत निजबाट असुल उपर हुन मागदाबी लिइएको छ।
शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका मुखिया श्रवण कुमार चौधरी विद्यालयको प्र.अ.सँग मिली छात्रबृत्तिको रकम रु.३,१०,४००।-, पी.सी.एफ. शिक्षक तलबभत्ताको रु.१,५०,६८६।- निकासा रकम मनोमानी ढंगले सरकारी रकम हानिनोक्सानी गरेको र पाठ्यपुस्तकको नक्कली विल बनाई भुक्तानी लिनेदिने गरेको रकम रु.१,२६,२४७।२६ समेत जम्मा रु.5,८७,३33।26  हानिनोक्सानी पुर्‍याएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा विगो रु.5,८७,३33।26 (पाँच लाख सतासी हजार तीन सय तेत्तीस पैसा छव्वीस) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार विगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम निजबाट विगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।
शंकर माध्यमिक विद्यालय, बरमझिया सप्तरीका शिक्षक ह्रदयराम चौधरीले शौचालय निर्माणको लागि निकासा भएको रु.२,००,०००।– रकमको चेकमा दस्तखत गरेको र उक्त निकासा भएको रकमबाट रु.१,३७,४१६।६४ मात्र स्थलगत रुपमा काम भएको देखिएको र रु.६२,५८३।३६ हानिनोक्सानी पुर्‍याएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.६२,५८३।३६ (बैसठ्ठी हजार पाँच सय रुपैयाँ त्रियासी पैसा छत्तीस) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार विगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम निजबाट विगोसमेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download