जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेलीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०६।१४ गते।
------------------------------------------

जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेलीसमेतले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग रु.४,५०,०००।- घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरु वडा अध्यक्ष उपेन्द्र सहनी, वडाका सचिव उपेन्द्र साहु तेली र अर्को व्यक्ति विजय मण्डललाई सेवाग्राहीसँग रु.४,५०,०००।–(चार लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेली र विजय मण्डलको आपसी मिलोमतो तथा योजनामा घर बाटो सिफारिस प्रमाणित गरी दिनका लागि सेवाग्राहीसँग रु.४,५०,०००।–(चार लाख पचास हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा विगो रु.४,५०,०००|- (चार लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र प्रतिवादी विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरको मतियार भई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा प्रतिवादी विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतलाई विगो रु.४,५०,०००/- कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यास बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10