जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेलीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०६।१४ गते।
------------------------------------------

जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेलीसमेतले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग रु.४,५०,०००।- घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरु वडा अध्यक्ष उपेन्द्र सहनी, वडाका सचिव उपेन्द्र साहु तेली र अर्को व्यक्ति विजय मण्डललाई सेवाग्राहीसँग रु.४,५०,०००।–(चार लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साहु तेली र विजय मण्डलको आपसी मिलोमतो तथा योजनामा घर बाटो सिफारिस प्रमाणित गरी दिनका लागि सेवाग्राहीसँग रु.४,५०,०००।–(चार लाख पचास हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा विगो रु.४,५०,०००|- (चार लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र प्रतिवादी विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरको मतियार भई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा प्रतिवादी विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतलाई विगो रु.४,५०,०००/- कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यास बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06