प्रतिवादीहरु दामोदर धमला र भोजराज खतिवडासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१३ गते।
---------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
प्रतिवादीहरु दामोदर धमला, भोजराज खतिवडा, अमृत कुमार दाहाल र दिल कुमार बुढाथोकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु ४,७७,८९९।६०बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी बिगो असुल उपर हुन साथै गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिम कैद र जरिवाना हुन,
प्रतिवादीहरु डिक कुमार धमला,  दिपक प्रसाद धमला र गोठी मायामगरलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिमको कसुरमा रु.४,७७,८९९।६० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय गरी बिगोसमेत जफत हुन,
प्रतिवादीहरु नेपाल विद्युत प्राधिकरणका, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय  प्रमुख संजीव साह र भण्डार प्रमुख वीर बहादुर राई र नमामी सप्लायर्सका प्रोपराइटर संजीव कुमार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा मुख्य कसुरदारहरुलाई सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूरमा विगो रु.४,७७,८९९।६० कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) वमोजिम हुने सजायलाई आधार मानी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांश वमोजिम मुख्य प्रतिवादीहरुलाई हुने सजाय वरावर सजाय गरी बिगो समेत असुल उपर हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा
विशेष अदालतको मिति २०८०/११/३० को फैसलाबाट निम्न आधारमा सफाई दिएको:-
• मिसिल संलग्न सम्झौता, उपभोक्ता समितिले खरिद गरी विद्युतीकरणका लागि जडान भएका मालसामानको विवरण, नेपाल विद्युत प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रबाट उपभोक्ता समितिलाई उपलब्ध गराइएका मालसामानहरुको विवरण, ९१ थान विद्युत पोल गाडी विद्युत प्रशारण भइरहेको भन्‍ने प्रतिवेदनबाट देखिएको।
• प्रतिवादीहरुले बदनियतपूर्वक सिद्धिचरण नगरपालिका तथा नेपाल विद्युत प्राधिकरणलाई हानिनोक्सानी पुर्‍याई आफूहरुलाई गैरकानुनी लाभ लिएको भन्ने मिसिल संलग्न प्रमाणवाट वस्तुनिष्ठ तवरले पुष्टि हुन सक्ने नदेखिएको
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१३ मा पुनरावेदन गरिएको छः-
देहाय:
• प्रतिवादीहरु भोजराज खतिवडा, अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी, दामोदर धमलाले आपसी मिलोमतो र योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गावाट नि: शुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु आयोजना सुरु हुनु भन्दा अघिको मिति  राखी नमामी सप्लायर्स लहानको भ्याट बिल मार्फत खरिद गरेको भनी फर्जि बिल बनाई बनाउन लगाई सोही बिल सिद्धिचरण नगरपालिकामा भुक्तानीको लागी सिफारिश तथा पेश गरी गर्न लगाई सोही बिल वमोजिमको नापी किताव, उपभोक्ता सम्वन्धी विल र कार्य सम्पन्न प्रतिवेदनमा समावेश गरी गलत प्रतिवेदनसमेत तयार गरेको भन्ने स्पष्ट देखिएको, 
• प्रतिवादीहरुको आपसी मिलोमतोमा भुक्तानी नै गर्न नमिल्ने जम्मा विगो रकम रु.४,७७,८९९।६०(चार लाख सतहत्तर हजार आठ सय उनान्सय र साठ्ठी पैसा) भुक्तानी दिई दिन लगाई भ्रष्टाचार वमोजिमको कसुर गरेको पुष्टि भएको, 
• प्रतिवादीहरु भोजराज खतिवडा, अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी, दामोदर धमलाले पोल तथा विद्युतीय सामाग्रीहरु खरिद नै नभएको अवस्थामा खरिद भएको भनी भुक्तानीको लागी सिफारिस तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई गलत प्रतिवेदन दिने कार्य गरेको।
• प्रतिवादीहरु डिक कुमार धमला, दिपक प्रसाद धमला तथा गोठी माया मगरले आपसी मिलोमतो र योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गावाट नि: शुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु दिई लिई सोही सामाग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिलमा आयोजना सुरु हुनु भन्दा अघिको मितिको बिल मार्फत खरिद गरेको भनी फर्जि बिल बनाई बनाउन लगाई सोही बिल सिद्धिचरण नगरपालिकामा भुक्तानीको लागि सिफारिश तथा पेश गरी गर्न लगाएको प्रष्ट रुपमा देखिएको अवस्थामा सो तर्फ अन्देखा गरी प्रतिवादीहरुलाई आरोपदावीवाट नै सफाई दिने ठहरी भएको फैसला त्रुर्टिपूंर्ण रहेको। 
• प्रतिवादी संजिव कुमार यादवले खरिद नै नगरिएको सामाग्रीहरु ०.०३ वर्ग ईन्च वईजल एसीएसआर कन्डक्टर-३ कि.मि., ९ मिटर स्टील ग्यालभनाईज पोल थान-१०, स्याकल इन्सुलेटर डि आइरन सेट सहित-२०० सेट, पिन ईनसुलेटर स्पिन्नडल सहित-७३ सेट सामानहरु प्रतिवादी संजीव कुमार यादव प्रोप्राईटर भएको नमामी सप्लायर्स लहानको भ्याट बिल नं.१९ आयोजना सुरु हुनु भन्दा अघिको मितिको मिति २०७५।०६।०१ गतेको बिल मार्फत खरिद गरेको भनी फर्जि बिजक बनाई दिएको भन्ने देखिरहेको अवस्थामा त्यसलाई नजरअन्दाज गरी भएको फैसला त्रुर्टिपूर्ण रहेको।
• प्रतिवादीहरु संजिव साह, वीर वहादुर राईले उपभोक्ता समितिको निर्णय, सिद्धिचरण नगरपालिकासँग उपभोक्ता समितिबीच भएको सम्झौताको कागजात र निर्णय समावेश नगरेको भन्ने मिसिल संलग्न कागजातवाट देखिरहेको एवं उपभोक्ता समितिलाई बदनियतपुर्वक ९ मिटर स्टील ग्यालभनाईज पोल थान-१० समेतको सामान सोझै उपलब्ध गराई नेपाल विद्युत प्राधिकरणको लेजरमा खर्च जनाएको एवं सामान उपलब्ध गराए बापत सम्बन्धित स्थानीय तहलाई समेत कुनै पत्राचार नगरी मुख्य कसुरदारहरुलाई झुठा बिल पेश गरी गर्न लगाई बढी भुक्तानी लिन दिन सहयोग गरी नगदी जिन्सी, फर्जि विल तथा अन्य सुविधा दिने वा लिने प्रकृतिको मतियारको कसुरजन्य कार्य गरेको देखिंरहेको अवस्थामा आरोपदावीवाट सफाई दिने गरी भएको फैसला त्रुर्टिपूर्ण रहेको।

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)                                                                       


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

Download Download
  

Other Press Release

प्रतिवादी भावना महत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/18
प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01