जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।३१ गते।
------------------------------------------

जिल्ला डडेल्धुरा, अमरगढी नगरपालिका वडा नं. २ सोलपारी स्थायी वतन भएका लक्ष्मण सिंहले डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन हुँदा पेश गरेको शैक्षिक योग्यताका प्रमाण-पत्रहरु नक्कली भएको र योग्यता ढाँटेर नियुक्ति भएको हुँदा शैक्षिक योग्यताको प्रमाण-पत्र उपर छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला डडेल्धुरा, डडेल्धुराको अस्पतालको विकास समितिमा तत्कालीन अध्यक्ष पदमा कार्यरत लक्ष्मण सिंहले डडेल्धुरा अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३(२) बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन/नियुक्ति हुनका लागि ईन्टरमिडियट (PCL) र स्नातक (Bachelor’s Degree) तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी उल्लेखित पदमा मनोनित भई नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा निज लक्ष्मण सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15