जिल्ला डडेल्धुरा, डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।३१ गते।
------------------------------------------

जिल्ला डडेल्धुरा, अमरगढी नगरपालिका वडा नं. २ सोलपारी स्थायी वतन भएका लक्ष्मण सिंहले डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन हुँदा पेश गरेको शैक्षिक योग्यताका प्रमाण-पत्रहरु नक्कली भएको र योग्यता ढाँटेर नियुक्ति भएको हुँदा शैक्षिक योग्यताको प्रमाण-पत्र उपर छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला डडेल्धुरा, डडेल्धुराको अस्पतालको विकास समितिमा तत्कालीन अध्यक्ष पदमा कार्यरत लक्ष्मण सिंहले डडेल्धुरा अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३(२) बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन/नियुक्ति हुनका लागि ईन्टरमिडियट (PCL) र स्नातक (Bachelor’s Degree) तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी उल्लेखित पदमा मनोनित भई नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा निज लक्ष्मण सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06