जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष ओम प्रकाश तेली र तत्कालीन वडा सदस्य नरेश प्रसाद बढईसमेत १७ जना उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।२० गते।
------------------------------------------
गैर-नेपाली नागरिकलाई गलत लिखत तयार गरी नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको मुद्दाको सम्बन्धमा जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष ओम प्रकाश तेलीले गैर-नेपाली नागरिक अनुप मेहरालाई नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भनी मिति २०७४/०७/२८ को मुचुल्काको रोहवरमा बसी सर्जमिन मुचुल्का तयार गरी सिफारिस दिने प्रयोजनका लागि प्रमाणित गरेको, मिति २०७७/०५/२६ को गलत वंशावली प्रमाणित तथा सो बनाउन गराइएको मिति २०७५/०५/२४ को मुचुल्काको रोहवरमा बसी सर्जमिन मुचुल्का तयार गरी सिफारिस दिन प्रमाणित गरेको र मिति २०७७/०४/२१ को वसोबास प्रमाणित गरी सिफारिस दिने कार्यमा संलग्न रहेको देखिएको हुँदा निज वडा अध्यक्ष ओम प्रकाश तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन साथै तत्कालीन वडा सदस्य नरेश प्रसाद बढईले मिति २०७७/०४/२१ गतेको बसोबास प्रमाणीत सम्बन्धि खडा भएको मिति २०७७/०४/२० गतेको सर्जमिन मुचुल्काको रोहवरमा बसेको देखिंदा तत्कालीन वडा सदस्य नरेश प्रसाद बढईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

जिल्ला नवलपरासी (ब.सु.प) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने रबी कुमार खत्रीले वादी नेपाल सरकार प्रतिवादी टिकाराम ज्ञवालीसमेत भएको गैर-नेपाली नागरिकलाई नक्‍कली जग्गाधनी खडा गरी जग्गा विक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दा (मुद्दा नं. ०७६-CR-०४३८) मा जग्गा बिक्रीकर्ता अनुप मेहरा भारतीय नागरिक भएको देखिन आएकोले निज नेपाल सरहदभित्र फेला परेका बखत कानून बमोजिम हुने गरी आरोपपत्र दर्ता भएकोमा सम्मानित अदालतमा मुद्दा दायर पश्चात गैर-नेपाली नागरिक भारतीय नागरिक अनुप मेहरालाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको मुद्दाकै बकपत्र गर्ने प्रयोजनार्थ कुनै आधिकारिक कागज प्रमाण बिना नै सूचक बनी जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री भन्ने नेपाली नागरिक रहेको भनी गलत र बदनितपूर्वक तयार गरिएको सर्जमिन मुचुल्कामा सहीछाप गराई गलत लिखत तयार गर्ने काममा मतियारको भूमिका निर्वाह गरेको र उक्त मुचुल्कामा सहीछाप गरेका साक्षीहरुलाई समेत निज रबी कुमार खत्रीले करकाप र बिश्चासमा पारी कुनै आधिकारिक कागजात बिना गैरकानूनी तरिकाले सहीछाप गराएको र निजले अनुप मेहरा भारतीय नागरिक हुन्‍ र निजसँग नेपालको कुनैपनि कागजातहरु नभएको बेहोरा बयानमा उल्लेख गरेको देखिएको एवं प्रतिवादी भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक मेरो भाइ अनुप कुमार खत्री हुन्‍ भनी अनुप मेहरा भनिएका व्यक्तिको कुनै आधिकारिक कागज प्रमाण बिना सूचक बनी अनुप मेहरा भन्ने व्यक्तिको उपस्थिति बिना बसोबास र वंशावली प्रमाणित गर्न सुचक बनी सम्बन्धित वडा कार्यालयमा निवेदन समेत पेश गरेको र सोही निवेदन बमोजिम प्रतिवादी ओम प्रकाश तेलीले गलत र बदनितपूर्वक तयार गरिएको बसोबास तथा वंशावली प्रमाणित गरेको हुँदा निज रबी कुमार खत्रीको हकमा मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा प्रतिवादी रबी कुमार खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा मतियारको भूमिका निर्वाह गरेको देखिएको हुँदा निज रबी कुमार खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिइएको।

गैर-नेपाली भारतीय नागरिक अनुप मेहरालाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको मुद्दाको सम्बन्धमा जिल्ला नवलपरासी (व.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भन्ने गलत र बदनितपुर्वक तयार गरीएको सर्जमिन मुचुल्कामा सहीछाप गरी गलत लिखत तयार गर्ने काममा मतियारको भूमिका निर्वाह गरेको देखिएका प्रतिबादीहरुमध्ये गलत वंशावली तयार गरी प्रमाणित गर्न र गलत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, बृज भुषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनियाले मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबंधात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिइएको छ।

बसोबास प्रमाणित गर्ने सम्बन्धमा खडा भएको मुचुल्कामा सहीछाप गर्ने जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने सोमै कहार, भगौती चमार, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, मजिद जोलाहाले मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबंधात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिइएको छ। 

साथै, मिति २०७४/०७/२८ गतेको गलत स्थलगत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने जिल्ला नवलपरासी (ब.सु.प.) साविक पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री, भगौती चमार र हरि शंकर बनियाले मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबंधात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव उपर बिगो रु.६,७०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियासमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/04
तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक सदस्य, डच मिडिया प्रा.लि.का निर्देशक, प्रभाव राष्ट्रिय दैनिक प्रा.लि. का प्रबन्ध निर्देशकसमेत ५ जना र मिडिया प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/03
सुदुरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारी उपर रु.१,०८,३८,३०२।५७ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/02
यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/30
नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27