जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष ओम प्रकाश तेली र तत्कालीन वडा सदस्य नरेश प्रसाद बढईसमेत १७ जना उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।२० गते।
------------------------------------------
गैर-नेपाली नागरिकलाई गलत लिखत तयार गरी नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको मुद्दाको सम्बन्धमा जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष ओम प्रकाश तेलीले गैर-नेपाली नागरिक अनुप मेहरालाई नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भनी मिति २०७४/०७/२८ को मुचुल्काको रोहवरमा बसी सर्जमिन मुचुल्का तयार गरी सिफारिस दिने प्रयोजनका लागि प्रमाणित गरेको, मिति २०७७/०५/२६ को गलत वंशावली प्रमाणित तथा सो बनाउन गराइएको मिति २०७५/०५/२४ को मुचुल्काको रोहवरमा बसी सर्जमिन मुचुल्का तयार गरी सिफारिस दिन प्रमाणित गरेको र मिति २०७७/०४/२१ को वसोबास प्रमाणित गरी सिफारिस दिने कार्यमा संलग्न रहेको देखिएको हुँदा निज वडा अध्यक्ष ओम प्रकाश तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन साथै तत्कालीन वडा सदस्य नरेश प्रसाद बढईले मिति २०७७/०४/२१ गतेको बसोबास प्रमाणीत सम्बन्धि खडा भएको मिति २०७७/०४/२० गतेको सर्जमिन मुचुल्काको रोहवरमा बसेको देखिंदा तत्कालीन वडा सदस्य नरेश प्रसाद बढईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

जिल्ला नवलपरासी (ब.सु.प) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने रबी कुमार खत्रीले वादी नेपाल सरकार प्रतिवादी टिकाराम ज्ञवालीसमेत भएको गैर-नेपाली नागरिकलाई नक्‍कली जग्गाधनी खडा गरी जग्गा विक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दा (मुद्दा नं. ०७६-CR-०४३८) मा जग्गा बिक्रीकर्ता अनुप मेहरा भारतीय नागरिक भएको देखिन आएकोले निज नेपाल सरहदभित्र फेला परेका बखत कानून बमोजिम हुने गरी आरोपपत्र दर्ता भएकोमा सम्मानित अदालतमा मुद्दा दायर पश्चात गैर-नेपाली नागरिक भारतीय नागरिक अनुप मेहरालाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको मुद्दाकै बकपत्र गर्ने प्रयोजनार्थ कुनै आधिकारिक कागज प्रमाण बिना नै सूचक बनी जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री भन्ने नेपाली नागरिक रहेको भनी गलत र बदनितपूर्वक तयार गरिएको सर्जमिन मुचुल्कामा सहीछाप गराई गलत लिखत तयार गर्ने काममा मतियारको भूमिका निर्वाह गरेको र उक्त मुचुल्कामा सहीछाप गरेका साक्षीहरुलाई समेत निज रबी कुमार खत्रीले करकाप र बिश्चासमा पारी कुनै आधिकारिक कागजात बिना गैरकानूनी तरिकाले सहीछाप गराएको र निजले अनुप मेहरा भारतीय नागरिक हुन्‍ र निजसँग नेपालको कुनैपनि कागजातहरु नभएको बेहोरा बयानमा उल्लेख गरेको देखिएको एवं प्रतिवादी भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक मेरो भाइ अनुप कुमार खत्री हुन्‍ भनी अनुप मेहरा भनिएका व्यक्तिको कुनै आधिकारिक कागज प्रमाण बिना सूचक बनी अनुप मेहरा भन्ने व्यक्तिको उपस्थिति बिना बसोबास र वंशावली प्रमाणित गर्न सुचक बनी सम्बन्धित वडा कार्यालयमा निवेदन समेत पेश गरेको र सोही निवेदन बमोजिम प्रतिवादी ओम प्रकाश तेलीले गलत र बदनितपूर्वक तयार गरिएको बसोबास तथा वंशावली प्रमाणित गरेको हुँदा निज रबी कुमार खत्रीको हकमा मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा प्रतिवादी रबी कुमार खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा मतियारको भूमिका निर्वाह गरेको देखिएको हुँदा निज रबी कुमार खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिइएको।

गैर-नेपाली भारतीय नागरिक अनुप मेहरालाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री बितरण गरी भ्रष्टाचार गरेको मुद्दाको सम्बन्धमा जिल्ला नवलपरासी (व.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भन्ने गलत र बदनितपुर्वक तयार गरीएको सर्जमिन मुचुल्कामा सहीछाप गरी गलत लिखत तयार गर्ने काममा मतियारको भूमिका निर्वाह गरेको देखिएका प्रतिबादीहरुमध्ये गलत वंशावली तयार गरी प्रमाणित गर्न र गलत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, बृज भुषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनियाले मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबंधात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिइएको छ।

बसोबास प्रमाणित गर्ने सम्बन्धमा खडा भएको मुचुल्कामा सहीछाप गर्ने जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने सोमै कहार, भगौती चमार, पुर्नमासी अहिर, प्रेम सागर चौधरी, मजिद जोलाहाले मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबंधात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिइएको छ। 

साथै, मिति २०७४/०७/२८ गतेको गलत स्थलगत सर्जमिन मुचुल्कामा सहीछाप गर्ने जिल्ला नवलपरासी (ब.सु.प.) साविक पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ बस्ने सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री, भगौती चमार र हरि शंकर बनियाले मुख्य प्रतिवादी ओम प्रकाश तेलीको मुख्य मतियार भई काम कारवाही गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा २२ को प्रतिबंधात्मक वाक्याशंमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 


प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22