टीकापुर बहुमुखी क्याम्पस, कैलालीमा जुनियर असिस्टेन्ट पदमा कार्यरत देवराज वन उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।१९ गते।
------------------------------------------


टीकापुर बहुमुखी क्याम्पस, कैलालीमा जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा टीकापुर बहुमुखी क्याम्पस, कैलालीमा जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी गोर्खा देवराज वन भनिने देवराज वनले वि.सं. २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा शुरु नियुक्ति भई मिति २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एस.एल.सी.को झुट्टा प्रमाण-पत्र पेश गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि हुन आएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर भएको हुँदा निज गोर्खा देवराज वन भन्ने देवराज वनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15