श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।०६ गते।
------------------------------------------

जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सि.अ.हे.व. हिमा डुम्रे न्यौपानेको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदसम्म कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03