यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।३१ गते।
------------------------------------------

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट रु.२०,०००।–(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा News 24 को समाचार टोलीले खिचिएको श्रव्यदृष्यसमेत रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग B थप गर्न दिएको प्रयोगात्मक परीक्षाको Checklist मा निज Pass भएको जनिएको तर Electric Driving License Registration System (EDLRS) को Exam Status मा निज Fail  भएको जनिएकोले उक्त विवरण सच्चाउनको लागि कार्यालयवाट अधिकार प्राप्त गरेको अधिकारी निज बासुदेव रेग्मीले सेवाग्राहीसँग रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी उक्त सवारी चालक अनुमति पत्रको विवरण Electric Driving License Registration System (EDLRS) मा सच्चाई विवरण अध्यावधिक गरी घुस/रिसवत लिइएको पुष्टि भएको हुँदा निज बासुदेव रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को उपदफा (१) बमोजिमको कसूरमा विगो रु.२०,०००।– (बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22