जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलउपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८१।०४।१८ गते।
------------------------------------------

सम्मानित विशेष अदातलमा दर्ता भएको मुद्दा नं. ०८०-CR-०१६७, वादी नेपाल सरकार प्रतिवादी पोखरा महानगरपालिकाका कर्मचारी सव-इन्जिनियर उषा किरण रोकायासमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सरकारी साक्षीको रुपमा पेश गरिएका जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले आयोगमा अनुसन्धान अधिकृत समक्ष गरेको वयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजहरु केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले वादी नेपाल सरकार प्रतिवादी उषा किरण रोकायासमेत भएको भ्रष्टाचार मुद्दा (मुद्दा नं. ०८०-CR-०१६७) मा अनुसन्धानको क्रममा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण रुपमा छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजहरुले विशेष अदालत, काठमाडौं समक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा निजहरु केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले आफ्नो कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. १० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्र प्राप्त गर्न प्रतिवादीहरु शिव प्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरसमेतलाई रु.३,५०,०००।–(तीन लाख पचास हजार रुपैयाँ) घुस/रिसवत रकम दिएको कार्य कसुर (Actus Reus) पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको हुँदा निजहरु केशरी प्रसाद तिवारी र उर्मिला पौडेललाई बिगो रु.३,५०,०००।- (तीन लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06