कारागार कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्ण उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।१६ गते।
------------------------------------------

कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्णले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विनोद कुमार दत्त कर्णलाई सेवाग्राहीबाट रु.१,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कारागार कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्णले कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकिदार/सेवाग्राहीसँग निजलाई चौकिदारबाट हटाउने र अरु कुनै सुबिधाहरु नदिने तथा कैदकट्टा/माफी मिनाहाको लागि सिफारिस/सहजीकरण गर्दा गराउँदा असहयोग गर्ने लगायतको विषय देखाई दान, दातव्य, उपहार स्वरुप रु.५,०००।– मूल्य पर्ने जुत्ता र रु.१,२६,४००।- पर्ने LED टेलिभिजन लिई जम्मा रु.१,३१,४००।–(एक लाख एकतीस हजार चार सय रुपैयाँ) लाभ स्वीकार गरी प्रयोग गरेको र घुस/रिसवत वापत रु.१,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) सेवाग्राहीबाट लिएको पुष्टि भएको हुँदा निज विनोद कुमार दत्त कर्णलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन, साथै निजले दान, दातव्य, उपहार स्वरुप जम्मा रु.१,३१,४००।–(एक लाख एकतीस हजार चार सय रुपैयाँ) लाभ स्वीकार गरी प्रयोगसमेत गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,३१,४००।–(एक लाख एकतीस हजार चार सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिम कैद गरी बिगो जफत हुनसमेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09
हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/07
अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/06