कारागार कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्ण उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।१६ गते।
------------------------------------------

कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्णले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विनोद कुमार दत्त कर्णलाई सेवाग्राहीबाट रु.१,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा कारागार कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्णले कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकिदार/सेवाग्राहीसँग निजलाई चौकिदारबाट हटाउने र अरु कुनै सुबिधाहरु नदिने तथा कैदकट्टा/माफी मिनाहाको लागि सिफारिस/सहजीकरण गर्दा गराउँदा असहयोग गर्ने लगायतको विषय देखाई दान, दातव्य, उपहार स्वरुप रु.५,०००।– मूल्य पर्ने जुत्ता र रु.१,२६,४००।- पर्ने LED टेलिभिजन लिई जम्मा रु.१,३१,४००।–(एक लाख एकतीस हजार चार सय रुपैयाँ) लाभ स्वीकार गरी प्रयोग गरेको र घुस/रिसवत वापत रु.१,५०,०००।–(एक लाख पचास हजार रुपैयाँ) सेवाग्राहीबाट लिएको पुष्टि भएको हुँदा निज विनोद कुमार दत्त कर्णलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन, साथै निजले दान, दातव्य, उपहार स्वरुप जम्मा रु.१,३१,४००।–(एक लाख एकतीस हजार चार सय रुपैयाँ) लाभ स्वीकार गरी प्रयोगसमेत गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,३१,४००।–(एक लाख एकतीस हजार चार सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिम कैद गरी बिगो जफत हुनसमेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22