पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सव-इन्जिनियर हिरा बाबु थापासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।१४ गते।
------------------------------------------

दोलखा जिल्ला, विगु गाउँपालिका वडा नं. ३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नको लागि पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आ.ब. २०८०/०८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सेवाग्राहीसँग पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सव-इन्जिनियर हिरा बाबु थापा समेतले कमिशन वापत रु.८०,०००।– (असी हजार रुपैयाँ) माग गरी उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई लिन लगाई उक्त रकम लिएको भन्ने उजुरी सम्बन्धमा प्रारम्भिक अनुसन्धान भई संकलन भएका प्रमाण र प्रतिवादीहरु नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको भन्नेसमेत व्यहोराको जिल्ला प्रशासन कार्यालय, दोलखाको पत्र यस आयोगमा दर्ता भई अनुसन्धान हुँदा लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्ने योजनाको बिल भुक्तानी दिए वापत पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सव-इन्जिनियर हिरा बाबु थापाले रु.८०,०००।– घुस/रिसवत माग गरी उक्त घुस/रिसवत वापतको रकम लिन पठाएकोमा निजहरु नहकुल शिवाकोटी र सुम्बा शेर्पा घुस/रिसवत रु.८०,०००।- लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ परेको देखिएकोबाट निजहरु हिरा बाबु थापा, नहकुल शिवाकोटी र सुम्बा शेर्पाले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज हिरा बाबु थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.८०,०००।- (असी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन र निजहरु नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई मुख्य कसुरदार हिरा बाबु थापाले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरको मतियार भई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा प्रतिवादी हिरा बाबु थापालाई बिगो रु.८०,०००।- कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम हुने सजायलाई आधार मानी निजहरु नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांस बमोजिम मुख्य कसुरदार हिरा बाबु थापा सरह नै सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22