जिल्ला कास्की, दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२५ गते।
------------------------------------------
 
जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. २२ पुम्दी भुम्दी, तारेभिर स्थित दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन शिक्षक बोधराज पौडेलले अस्थायी एवं स्थायी दुवै नियुक्तिको समयमा पेश गरेको शैक्षिक प्रमाणमा निजको जन्म मिति २०१३।०१।२७ उल्लेख भएकोमा निजले मिति २०४९।०८।१९ बाट तत्कालीन दुर्गा प्रा.वि. हाल कायम दुर्गा आधारभूत विद्यालयमा अस्थायी शिक्षक नियुक्ति हुँदा जन्म मिति २०१३।०१।२७ गते उल्लेख भएको नेपाली नागरिकताको प्रमाण पत्र पेश गरेको एवं शिक्षक सेवा आयोगमा दरखास्त दिई मिति २०६०।१२।२६ मा स्थायी नियुक्ति हुँदा निजले आफ्नो शैक्षिक प्रमाण पत्र अस्थायी नियुक्ति हुँदाकै पेश गरेको तर शैक्षिक प्रमाण पत्रमा उल्लेख भएको उमेर भन्दा ७ वर्ष उमेर कम रहेको जन्म मिति २०२०।०१।२७ गते उल्लेख भएको बंशजको आधारमा प्राप्त गरेको नागरिकता पेश गरी सोही अनुसारकै व्यक्तिगत विवरण भरी मिति २०८०।०१।२६ गतेसम्म प्रा.वि. तृतीय श्रेणीको स्थायी शिक्षकको रुपमा अध्यापन गरी २०७९ चैत्र मसान्तसम्मको तलव, भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुबिधा समेत प्राप्त गरेको र निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर भएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याउने वदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/31
नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादब उपर बिगो रु. रु.५,७९,६२,४४०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/29
जिल्ला जाजरकोट, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/28
डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव उपर बिगो रु.७,३१,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/18