जिल्ला धनुषा, श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२५ गते।
------------------------------------------
जिल्ला धनुषा, गणेशमान चारथान नरपालिका वडा नं. १० बरमझिया स्कुलमा वि.सं. २०६३ सालदेखि नि.मा.वि. राहत शिक्षक ब्रहमदेव यादवले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति भई तलव भत्ता खाइरहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज ब्रहमदेव यादवले शिक्षक सेवा आयोगवाट जारी भएको भनिएको झुट्टा तथा नक्कली स्थायी अध्यापन अनुमति पत्र साविक श्री निम्न माध्यमिक विद्यालय हाल श्री माध्यमिक विद्यालय बरमझियामा पेश गरी नि.मा.वि. राहत कोटामा नियुक्ती लिई हालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15