जिल्ला बाँके, भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत खालिद अहमद सिद्दिकी उपर सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२० गते।
------------------------------------------
जिल्ला बाँके, भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत खालिद अहमद सिद्दिकीले झुट्टा बिल भरपाई बनाई राजस्व रकम दाखिला नै नगरी आफैले राख्ने गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत खालिद अहमद सिद्दिकीले सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थ रु.१२,०००।– लिई अस्पतालको राजश्व खातामा जम्मा नगरी बदनियत राखी अर्कौ व्यक्तिको सक्कलै बिलमा सेवाग्राहीको नाम सच्याई थपघट गरी लेखी सरकारी सार्वजनिक कागजात सच्याई नक्कली बिल बनाई दिई सेवाग्राहीबाट लिएको रकम रु.१२,०००।– भेरी अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज खालिद अहमद सिद्दिकीलाई सरकारी सार्वजनिक निकाय (भेरी अस्पताल) को कागजात सच्याई नक्कली बिल बनाएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवानाको सजाय हुन साथै सरकारी कागजात सच्याई नक्कली बिल बनाई दिई सेवाग्राहीबाट लिएको रकम रु.१२,०००।– भेरी अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा निजलाई बिगो रु.१२,०००।– (बाह्र हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुनसमेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे
Tweet