बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०३।१६ गते।
------------------------------------------
 
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको प्रशासनतर्फ जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी सुक बहादुर तामाङ्गले असिस्टेन्ट पदमा बढुवाको लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत शुक बहादुर तमाङ्ग भन्ने सुक बहादुर तामाङ्गले श्री पद्मोदय माध्यामिक बिद्यालय रामशाह पथ काठमाडौंबाट एस.एल.सी. उत्तीर्ण गरेको भनी जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शुक बहादुर तमाङ्ग भन्ने सुक बहादुर तामाङ्गलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06