जिल्ला मकवानपुर, मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


 
प्रेस विज्ञप्ति:- मिति २०८१।०२।३२ गते।
------------------------------------------
जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति कार्यमा अनिमियतता भएको भन्ने उजुरी निवेदन समबन्धमा अनुसन्धान हुँदा जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नतिको क्रममा २३५९२.३२ घ.मि. मात्र माटो कटिङ्गको कार्य भएकोमा नापी किताबसँग भए गरेको कामको परिमाण तुलना गर्दा Earthwork Excavarion works आइटममा ८३३८.९३ घनमिटर कम काम भएको देखिएकोले यथार्थभन्दा बढी मूल्याङ्‍कन गरी उक्त योजनाको स्थलगत रुपमा निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्ड विपरीत गरेको कार्यलाई गुणस्तरयुक्त वा मापदण्ड बमोजिम भए गरेको हो भनी नगरेको कामको झुट्टा नापी किताब, मूल्याङ्‍कन तथा झुट्टा बिल भरपाई बनाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरेको कार्यबाट रु.३,९१,९२९।७१ (तीन लाख एकान्नब्बे हजार नौ सय उनन्तीस रुपैयाँ र पैसा एकहत्तर) बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरुउपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06