राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०२।२७ गते।
------------------------------------------
 
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको हुँदा छानबिन गरी पाउँ भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निज हेमन्त चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06