जिल्ला काठमाडौं, त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०२।१३ गते।
------------------------------------------
 
जिल्ला काठमाडौं, त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीको एस.एल.सी. तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राजाराम भण्डारीले त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा मिति २०५४।०५।१७ बाट ल्याव व्वाई पदमा स्थायी नियुक्त हुन र मिति २०६९।०७।२४ मा वरिष्ठ ल्याव व्वाई पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएकोले निज तत्कालीन मुख्य प्राविधिक सहायक राजाराम भण्डारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06