सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०१।१० गते।
------------------------------------------
 
राज्यका सुरक्षा निकायहरुमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाले ती निकायहरुमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्रहरु छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सशस्त्र प्रहरी बल, नेपाल नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल ऐण्ड इण्टरमीडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/14
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत २ जना उपर बिगो रु. २४,५०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/08/13
कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03