ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।३० गते।
------------------------------------------
ग्रामीण विकास बैंक, टाँडी चितवनका कर्मचारीले किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको, पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी देखिने जस्ता भ्रष्टाचारजन्य क्रियाकलाप गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक) शाखा कार्यालय, टाँडी, चितवन) मा बरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८।०६९ देखि आफू कार्यरत बैंकको रु.१९,०२,२३७।९६ अपचलन तथा हिनामिना गरेको पुष्टि भएको हुँदा निज उदयकृष्ण अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.१९,०२,२३७।९६ (उन्नाइस लाख दुई हजार दुई सय सैतीस रुपैयाँ छयानब्बे पैसा) बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06