नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।३० गते।
------------------------------------------
 
जिल्ला पर्सा, धोबिनी गाउँपालिका अन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुरमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनम देवी कुर्मीले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मीले ठाकुर महेश्वर प्र. सिंह संस्कृत प्रा. सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी मिति २०६६।०३।१२ मा नियुक्ति लिएको देखिएकोबाट निज पुनम देवी कुर्मीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06