कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२७ गते।
------------------------------------------
 
जिल्ला स्याङ्गजा, गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पकवादी कृषी सहकारी संस्थाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट अनुदानमा संचालन हुने कृषि बजार केन्द्र स्थापना गर्न जग्गाधनी श्रीप्रसाद श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ५३८ र ५४२ को जग्गा भाडा सम्झौता गरेको भएतापनि सम्झौता अनुसारको जग्गाको एकीन नै नगरी नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको कि.नं. २९२३ र कि.नं. २९२४ को जग्गामा नगरपालिकावाट नक्सापास समेत नगरी संरचना निर्माण गरी अनुदानको रकम भुक्तानी लिएको, जग्गाधनीले एउटा कित्ता नम्बरको जग्गाको भाडा सम्झौता गरी आफ्नो हकभोग नपुग्ने नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको जग्गालाई आफ्नो भनी कानून विपरीत सहकारी संस्थालार्इ हक भोग गर्न दिएको र अनुदान रकम निकासा गर्ने कृषि विकास निर्देशनालय, पोखराले पनि सम्झौताको शर्तमा कृषि बजार निर्माण सम्बन्धी कार्य गर्दा प्रस्ताव पेश गर्दाका बखत पेश गरेको जग्गाबाहेक अन्य स्थानमा निर्माण कार्य गरेको खण्डमा रकम भुक्तानी हुने छैन भन्ने व्यवस्थाको विपरीत संरचना निर्माण भएको सम्बन्धमा जग्गा एकीन नै नगरी नक्सा पास विना नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको जग्गामा बनेको संरचनाको कार्य सम्पन्न प्रतिवेदन पेश गरी अनुदानको रकम रु.२८,३७,२१७।- भुक्तानी दिई/लिई सम्झौता विपरीतका कार्यहरु भए गरेको, उक्त संरचनाको सम्बन्धमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन पोखराबाट सडक सीमाभित्र निर्माण गरिएका संरचना अबिलम्ब हटाउन जानकारीसमेत गराई सकेको अवस्थामा भविष्यमा उक्त संरचना अस्तित्वमा नरहने भएकोले निर्माणमा भएको खर्च खेर गई सरकारी सम्पत्ति हानिनोक्सानी हुने गरी कार्य गरेको देखिँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे
 
 

Download Download
  

Other Press Release

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
जिल्ला बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डे उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता (तेली) उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/27
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/23
जिल्ला मोरङ, रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत ७ जना उपर गलत लिखत एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/14