कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२७ गते।
------------------------------------------
 
जिल्ला स्याङ्गजा, गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पकवादी कृषी सहकारी संस्थाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट अनुदानमा संचालन हुने कृषि बजार केन्द्र स्थापना गर्न जग्गाधनी श्रीप्रसाद श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ५३८ र ५४२ को जग्गा भाडा सम्झौता गरेको भएतापनि सम्झौता अनुसारको जग्गाको एकीन नै नगरी नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको कि.नं. २९२३ र कि.नं. २९२४ को जग्गामा नगरपालिकावाट नक्सापास समेत नगरी संरचना निर्माण गरी अनुदानको रकम भुक्तानी लिएको, जग्गाधनीले एउटा कित्ता नम्बरको जग्गाको भाडा सम्झौता गरी आफ्नो हकभोग नपुग्ने नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको जग्गालाई आफ्नो भनी कानून विपरीत सहकारी संस्थालार्इ हक भोग गर्न दिएको र अनुदान रकम निकासा गर्ने कृषि विकास निर्देशनालय, पोखराले पनि सम्झौताको शर्तमा कृषि बजार निर्माण सम्बन्धी कार्य गर्दा प्रस्ताव पेश गर्दाका बखत पेश गरेको जग्गाबाहेक अन्य स्थानमा निर्माण कार्य गरेको खण्डमा रकम भुक्तानी हुने छैन भन्ने व्यवस्थाको विपरीत संरचना निर्माण भएको सम्बन्धमा जग्गा एकीन नै नगरी नक्सा पास विना नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको जग्गामा बनेको संरचनाको कार्य सम्पन्न प्रतिवेदन पेश गरी अनुदानको रकम रु.२८,३७,२१७।- भुक्तानी दिई/लिई सम्झौता विपरीतका कार्यहरु भए गरेको, उक्त संरचनाको सम्बन्धमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन पोखराबाट सडक सीमाभित्र निर्माण गरिएका संरचना अबिलम्ब हटाउन जानकारीसमेत गराई सकेको अवस्थामा भविष्यमा उक्त संरचना अस्तित्वमा नरहने भएकोले निर्माणमा भएको खर्च खेर गई सरकारी सम्पत्ति हानिनोक्सानी हुने गरी कार्य गरेको देखिँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे
 
 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22