प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२५ गते।
------------------------------------------
 
प्रहरी चौकी, कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादवले सेवाग्राहीको महोत्तरी जिल्ला अदालतमा चलेको निशेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश (फैसला) को कार्यान्वयन गरी आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गर्ने कार्यको लागि भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजूरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र  प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झालाई सेवाग्राहीबाट रु.२०,०००/- (बीस हजार रूपैंया) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
 
प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झाको आपसी मिलेमतोमा सेवाग्राहीको महोत्तरी जिल्ला अदालतमा चलेको निशेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश (फैसला) को कार्यान्वयन गरी आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गर्ने कार्यको लागि भनी सेवाग्राहीसँग घुस/रिसवत रु.२०,०००।–(बीस हजार रुपैयाँ) माग गरी उक्त घुस/रिसवत रकम बुझिलिई लिन/लगाई निजहरु शर्मा प्रसाद यादव र मन्जित कुमार झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००।–(बीस हजार) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06