प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।२५ गते।
------------------------------------------
 
प्रहरी चौकी, कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादवले सेवाग्राहीको महोत्तरी जिल्ला अदालतमा चलेको निशेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश (फैसला) को कार्यान्वयन गरी आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गर्ने कार्यको लागि भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजूरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र  प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झालाई सेवाग्राहीबाट रु.२०,०००/- (बीस हजार रूपैंया) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
 
प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झाको आपसी मिलेमतोमा सेवाग्राहीको महोत्तरी जिल्ला अदालतमा चलेको निशेधाज्ञा मुद्दामा भएको अन्तिम आदेश (फैसला) को कार्यान्वयन गरी आवश्यक मुचुल्काहरु तयार गर्न सहजीकरण गर्ने कार्यको लागि भनी सेवाग्राहीसँग घुस/रिसवत रु.२०,०००।–(बीस हजार रुपैयाँ) माग गरी उक्त घुस/रिसवत रकम बुझिलिई लिन/लगाई निजहरु शर्मा प्रसाद यादव र मन्जित कुमार झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००।–(बीस हजार) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङका (अधिकृत स्तर छैटौं) इन्जिनियर मो.अख्तर हुसैन उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/23
जिल्ला धनुषा, श्री माध्यमिक विद्यालय बरमझियाका राहत शिक्षक ब्रहमदेव यादव उपर झुट्टा तथा नक्कली अध्यापन अनुमति पत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
जिल्ला कास्की, दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेल उपर झुट्टा विबरण पेश गरी शिक्षक नियुक्ति लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
नरहा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/09
पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढासमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
जिल्ला काठमाडौं, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा कार्यरत संगिता कुमारी साह उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/07/07