ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०५ गते।
------------------------------------------
 
जिल्ला रौतहट, ईशनाथ नगरपालिका, वडा नं. ५ स्थित श्री आधारभूत विद्यालय लक्ष्मिनिया, जटहरामा २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ईशनाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन इन्जिनियर सत्यपाल सौरभले तयार गरेको Work complete report  मा रहेको Brick Masonary work in (1:6) cement mortar को कार्य फिल्डमा वास्तविक ४७.८४ Cu.m. भएकोमा ५३.३७ Cu.m.उल्लेख गरी सम्झौतासाथ संलग्न गरिएको इष्टिमेटको दररेटअनुसार बढी Quantity 5.53 cu.m. को हुने रु.६०,८५२/१५ यसै गरी Item 6 को PCC work (1:2:4) मा 1.74 cu.m. फिल्डमा वास्तविक कार्य भएकोमा 3.67 उल्लेख गरी बढी देखाइएको 1.93 cu.m. को हुने रु.२५,७९५।४८ गरी जम्मा रु.८६,६४७।६३ बढी भुक्तानी गर्न प्रतिवेदन/विल तयार गरी पेश गरेको हुँदा निजलाई बिगो रु.८६,६४७।६३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिम झुट्टा बिल बनाई बढी भुक्तानी दिन सिफारिस गरेको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै निजले भवनको छानामा UPVC प्रयोग गरेको अवस्थामा नापी कितावमा वास्तविकभन्दा फरक हुने गरी CGI Sheet उल्लेख गरेको एवं बढी भुक्तानीका लागि गलत प्रतिवेदन तयार गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १९(२) बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06