डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, वडा अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीहरुसमेत २४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०४ गते।
------------------------------------------
 
जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. १ बस्ने स्थानीय केही व्यक्तिहरुको समूहले दर्तावाला जग्गाका रुखहरु भनी रम्तेलडाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठुला रुख विरुवा जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारवार गरेको, उक्त वनका रुख कटान गर्न वडा कार्यालयले सिफारिस तथा वन कार्यालयले कटान दिई वन फडानीसहित वनको जग्गा व्यक्तिले कब्जा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरु बर्दिवास नगरपालिका वडा नं. १ बस्ने जग्गाधनी लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमको संयुक्त नाममा दर्ता कायम रहेको साविक २५ नं. बहादुरगञ्ज वडा नं. ३(क) कि.नं. २ को क्षेत्रफल १-२-११ रहेको निजी नम्बरी आवादीको जग्गाभित्र पर्छ भनी मिलेमतो गरी गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराई, कटान गर्न ईजाजत दिई, वन क्षेत्रको रुखहरु व्यक्तिलाई लाभ हुने गरी बिभिन्न जातका ४०६ वटा रुख कटान गरी/गराई रु.११,९६,६९५।– (एघार लाख छयानब्बे हजार छ सय पन्चानब्बे  रुपैयाँ) बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न कर्मचारी, सामुदायिक वनका पदाधिकारीहरु र उपभोक्ता समिति लगायतका व्यक्तिहरुउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
जिल्ला बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डे उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता (तेली) उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/27
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/23
जिल्ला मोरङ, रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत ७ जना उपर गलत लिखत एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/14