तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०१ गते।
------------------------------------------
 
जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ९ साविक कालै गा.वि.स. वडा नं. २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आर.सी.सी. सिंचाई कुलो निर्माणका लागि आ.ब. २०७२।०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेले जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ९ साविक कालै गा.वि.स. वडा नं. २, ३, ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आर.सी.सी. सिंचाई कुलो निर्माणमा निजले भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिंचाई आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार RCC Canal Lining works, Pipe Line works को रु.१४,१७,९३५।५५ बराबरको कार्य सम्पन्न नगरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले निज देवी प्रसाद पाण्डेलाई रु.१४,१७,९३५।५५ (चौध लाख सत्र हजार नौ सय पैतीस रुपैयाँ पचपन्न पैसा मात्र) बिगो कायम गरी ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
 नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06