जिल्ला महोत्तरी, सम्सी गाउँपालिका तत्कालिन अध्यक्ष शेष फारुक,तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


------------------------------------------

महोत्तरी जिल्ला, सम्सी गाउँपालिका वडा नं. ६ मा सञ्चालन भएका इसरानको घरदेखि पूर्व मोहनपुर जाने बाटोको ढलान योजना, बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरचोक सम्म पी.सी.सी. ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराई अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आ.व 2077/078 मा बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरपुर चौकसम्म पी.सी.सी. ढलान र नाला निर्माण योजनाको लागत अनुमान स्वीकृत गरी सम्झौता गरेको, कार्यादेश दिएको, गलत नापी किताब, भुक्तानी सम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको, स्वीकृत लागत अनुमान बमोजिमको कार्य भएको भनी अनुगमन प्रतिवेदन दिएको, बिल अनुसारको भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको, प्रतिवादी श्यामकिशोर मण्डलले उक्त योजनाको लागत अनुमान तयार गरेको, गलत नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको, साथै प्रतिवादी ओम कुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरपुर चौकसम्म योजनाको बिल अनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन मुनासिव देखिएको राय सहितको टिप्पणी आदेश पेश गरेको र सोही योजनाको स्थलगत अनुगमन गरी अनुगमन प्रतिवेदन समेत दिएबाट बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाह देखि उमरपुर चौकसम्म ढलान र नाला निर्माण उपभोक्ता समितिलाई रु.४,०३,५८१।३७ (चार लाख तीन हजार पाँच सय एकासी रुपैयाँ सट्‍तिस पैसा) बढी रकम भुक्तानी दिएको देखिँदा निज प्रतिवादीहरु मोहिबुल अंसारी, श्याम किशोर मण्डल, ओम कुमार महतोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय  (ग) र (ङ) बमोजिमको कसुर गरेको हुदा बिगो रु.४,०३,५८१।३७ (चार लाख तीन हजार पाँच सय एकासी रुपैयाँ सट्‍तिस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी प्रतिवादीहरुबाट बिगो असुल उपर हुन मागदाबी लिइएको छ। क्रमशः...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06