जिल्ला दोलखा, तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाई समेत १२ जना उपर गैर कानुनी लाभ तथा हानी पु-याइ भ्रष्टाचार गरेको सम्वन्धी आरोप पत्र दायर।


------------------------------------------

जिल्ला दोलखा, तामाकोशी गाउँपालिका वडा नं. ३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदापनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामाग्रीमा वडाअध्यक्षले बेचेर आफै खर्च गरेको लगायतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादीहरु तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, योजना शाखाका तत्कालीन लेखापाल राम बहादुर कार्की,  तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाई र तत्कालीन सबइन्जिनियर सृजना दुवालले  नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले उक्त योजनाको लागत अनुमान अनुसार जम्मा १२ वटा पिलर रहेकोमा २ वटा पिलरको Footing को साईज ७'*७', ६ वटा को ६'-६"*६'-६" र ४ वटाको ६'*६' हुनुपर्नेमा अनुगमन/निरीक्षण गरी लागत अनुमानअनुसार काम भए/नभएको एकिन गरेर मात्र  भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा नापी किताबमा हेर्दा फिल्डमा सवै Footing को साइज ५’*५’ को निर्माण गरी सोहीअनुसार भुक्तानी गरी, Footing को साईज अपर्याप्त निर्माण गरेको र साथसाथै स्थलगत नापजाँच गर्दा भवनको दुईवटा डायागोनल लम्बाइ पनि फरक परेको देखिएकोले आफैले तयार गरेको लागत अनुमानभन्दा फरक तरिकाले निर्माण कार्य गरे तापनि लागत अनुमान डिजाइनसमेत संशोधन नगरी निर्माण कार्यको आकार वा रुप परिवर्तन गर्ने तथा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरेको निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्‍न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेश गर्ने कार्य गरी भुक्तानी दिन नमिल्ने रकम  रु.१२,८९,३२०।- (अक्षरेपि बाह्र लाख उनानब्बे हजार तीन सय बीस रुपैया मात्र) भुक्तानी दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम नेपाल सरकारलाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले कसूर गरेको देखिन आएकोले निज प्रतिवादीहरु निमेष मिश्र, विजय लुईटेल,  राम बहादुर कार्की, सुबोध कुमार चापागाई र सृजना दुवाललाई निर्धारित शर्त तथा मापदण्ड विपरीत बढी भुक्तानी दिएको रकम रु.१२,८९,३२०।-(अक्षरेपि बाह्र लाख उनानब्बे हजार तीन सय बीस रुपैया मात्र) बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको छ। क्रमशः...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06