जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवसमेत ४ उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।२४ गते।
------------------------------------------
 
जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ४ (साबिक बेलदारी गा.वि.स. वडा नं.४) को कि.नं. १७३ क्षेत्रफल ०-९-५ जग्गामा कुनै पनि कच्ची वा पक्की सडक बाटो नभएको खेतीयोग्य जमिन रहेको भनी गलत सिफारिसको आधारमा राजस्व छली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवले जिल्ला बारा पचरौता नगरपालिका वडा नं. ४ साबिक बेलदारी गा.बि.स. वडा नं. ४ स्थित कि.नं. १७३ ज.बि. ०-९-५ को पक्की सडकबाटोले छोएको जग्गालाई कुनैपनि किसिमको बाटोले नछोएको खेतीयोग्य जामिन भनी गलत घरबाटो सिफारिस गरी गराई बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजस्व रकम रु.८,११,९५१।– नबुझाएको कारण नेपाल सरकारलाई हानिनोक्सानी पुग्न गएकोले निज कन्हैयालाल यादवलाई रु.८,११,९५१।–(आठ लाख एघार हजार नौ सय एकाउन्न रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा ३  तथा दफा ९ बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ८ को उपदफा ३ तथा दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06