सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई.) सचिन्द्र कुमार देवसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।२२ गते।
------------------------------------------
 
जिल्ला सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दुरीमा कालोपत्रे बाटो निर्माण विना टेन्डर भएको, होडिङ्ग बोर्ड नलगाएको र निर्माण कार्य राम्रो नभएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई.) सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय, सव-इन्जिनियर सरोज कुमार यादवले उक्त निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौतासमेतमा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यावसायीलाई रु.३,४७,०००/- बढी भुक्तानी दिएको देखिँदा निजहरू सि.डि.ई. सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय, सव-इन्जिनियर सरोज कुमार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम आफू समेतलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने नियतले सोही ऐनको दफा ८ (१) (ग) र दफा ८ (१) (ङ) बमोजिमको कसुर र नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन दिई ऐ. दफा १९(२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरुलाई बिगो रु.३,४७,०००/- (तीन लाख सत्चालीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी विगो असुल उपर हुन एवं दफा १९(२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।
 
साथै, गुन्जा कन्सट्रक्सन, खडक-८, सप्तरीका प्रोपराइटर गोविन्द प्रसाद मंडलले उक्त योजनाको सम्झौता पत्रमा सहीछाप गरी कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी ठेक्का बिल, बिल भरपाई लगायतका कागजात पेश गरेको तर शर्त एवं सम्झौता बमोजिमको कार्य नगरी भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी बढी मूल्याङ्कन गरी गराई रु.३,४७,०००/- बढी भुक्तानी लिने कार्य गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई बिगो रु. ३,४७,०००/- (तीन लाख सत्चालीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडी उपर बिगो रू.३,७१,८४,५५१/८० कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/25
जिल्ला डडेल्धुरा, भगवती प्राथमिक विद्यालय, पर्सेरावलका बालविकास सहजकर्ता मन्जु देवी बोहरा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/08/24
जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव अजय कुमार शाह उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/21
तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने, आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज के.सी. उपर झुट्टा विवरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/19
आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/18
औरही नगरपालिका, महोत्तरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसमेत ११ जना र ५ वटा सप्लायर्स कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/17
जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/13
जिल्ला सर्लाहीस्थित, श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/12