राष्ट्रिय माध्यामिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादव उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।१५ गते।
------------------------------------------
 
जिल्ला  सुनसरी, कोशी गाउँपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्राथमिक तहका शिक्षक बालेश्वर यादवले नेपाल सरकारद्वारा (Council for Technical Education and Vocational Training) CTEVT/ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‍मार्फत प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट (Health Assistant/H.A) विषयको खुल्ला कोटा अन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि ३ वर्षे अध्ययन अवधिमा बिद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा राष्ट्रिय माध्यामिक विद्यालय लौकही सुनसरीका शिक्षक बालेश्वर यादवले आफू न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहँदाको दिन ९१ (एकान्नब्बे) फर्जी हाजिरी जनाई तथा दिन ४७ (सत्चालीस) गयल समेत भई तोकिएको सरकारी कामकाज नगरी विद्यालयलाई हानि पुर्‍याई जम्मा रु.१,३०,८४३।०२ (एक लाख तीस हजार आठ सय त्रिचालीस रूपैयाँ दुई पैसा) तलव भत्ताको रुपमा गैरकानूनी लाभ लिएको हुँदा निजको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर भएकोले निजउपर सोही ऐनको ऐ. दफाको ऐ. उपदफामा उल्लेख भएअनुसार हदैसम्मको कैद तथा बिगो बमोजिम जरिवाना हुनसमेत सजायको मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
जिल्ला बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डे उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता (तेली) उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/27
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/23
जिल्ला मोरङ, रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत ७ जना उपर गलत लिखत एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/14