नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसमेत १७२ जना उपर हालसाविक जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी बिशेष अदालतमा (मुद्दा दर्ता नं. ०८०-CR-०११२) आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।१३ गते।
------------------------------------------
 
जिल्ला झापा, साविक दमक ६ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नं. १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) कित्ताहरु कि.नं. ७६०।१,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरु २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएकोमा उक्त कित्ताहरु नापी कार्यालय, चन्द्रगढी, झापा, मालपोत कार्यालय, दमक, झापा र नापी कार्यालय, दमक, झापाबाट पुन:नापीका बखत विभिन्न व्यक्तिहरुको जग्गामा घुसाई हालसाविक प्रक्रियाबाट जग्गादर्ता भएको। जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५) बाट समेत साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्ने देखिँदा उक्त ऐन र नियमावली विपरित सरकारी सार्वजनिक जग्गा हालसाविक जग्‍गा दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको जग्गामा घुसाई दर्ता गरेको, शुरु नापीको सरकारी सार्वजनिक जग्गाहरुबाट क्षेत्रफल २,०२,२३६.२२ व.मि. (२९ विगाहा १७ कठ्ठा ४ धुर) (३९७ रोपनी ८ आना १ पैसा ३ दाम) जग्गा गैरकानूनीरुपमा व्यक्ति विशेषको नाममा घुसाई हालसाविक जग्गादर्ता भएकोमा सो जग्गाहरुको न्युनतम मूल्याङ्कन रु.३४,६६,५४,८४९।६५ (अक्षरेपि चौतीस करोड छैसठ्ठी लाख चौवन्न हजार आठ सय उनन्पचास रुपैयाँ पैसठ्ठी पैसा मात्र) हुन आउने देखिएको। प्रस्तुत मुद्दामा सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय, चन्द्रगढी, झापाका कर्मचारीहरु १० (दश) जना, मालपोत कार्यालय, दमक, झापाका कर्मचारीहरु ११ (एघार) जना, नापी कार्यालय, दमक, झापाका कर्माचारीहरु ७ (सात) जना, सरकारी सार्वजनिक जग्गा गैह्रकानूनी तरिकाले हालसाविक जग्गादर्ता प्रकृयाबाट आफ्नो जग्गामा घुसाई दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ३६(छत्तीस) जना र विगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाईएका प्रतिवादीहरु १०८ (एक सय आठ) जना गरी जम्मा प्रतिवादीको संख्या १७२ (एक सय बहत्तर) रहेको। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/13
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/12
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश, नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/12
नेपाल विद्युत प्राधिकरण, बितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दास उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/11