जिल्ला कास्की, श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्मा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।०१ गते।
------------------------------------------
 
जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली भएकोले छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज विन्दु गौतम शर्माले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी. भारतबाट एस्.एल.सी. तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको हुँदा निज विन्दु गौतम शर्माउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06