नेपाल वायुसेवा निगमका विमान चालक सम्राट बहादुर शाह उपर शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१९ गते।
------------------------------------------
 
नेपाल वायुसेवा निगममा मिति २०७१।११।१० देखि Jr. Captain पदमा नियुक्ति भई आठौं तहको विमान चालक (CAPTAIN) पदमा बढुवा भई कार्यरत सो निगमका विमान चालक सम्राट बहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सम्राट बहादुर शाहले भारतको Secondary Education Council, Utter Pradesh अन्तर्गत V S J INTER COLLEGE SARAHARI GORAKHPUR बाट Intermediate Examination, 2003 (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण सहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज सम्राट बहादुर शाहलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06