जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं.-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारीसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१२ गते।
------------------------------------------
 
जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं.-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुईकेल र बालुवा डिपो संचालक सुसान्त कुईकेलले गोकर्णेश्वर न.पा.बाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाए पश्चात सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुईकेल र सुसान्त कुईकेललाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
 
अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिका पदाधिकारीहरु अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेम प्रसाद भण्डारी र सदस्य मोहन प्रसाद कुइकेलले गोकर्णेश्वर नगरपालिकासँग गरेको कवुलियत/सम्झौता विपरीत राजाडिल सडक खण्ड निर्माणको ठेक्का दिई निर्माण सम्पन्न गरी गोकर्णेश्वर नगरपालिकाबाट समेत भुक्तानी लिइसकेपश्चात सेवाग्राहीले गरेको कामको भुक्तानी गर्ने शर्तमा उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी र मोहन प्रसाद कुईकेलले उपभोक्ता समितिको नाममा विचौलियाको भूमिकामा काम गरी सेवाग्राहीबाट घुस रकम आरोपित सुसान्त कुईकेललाई लिन लगाई आफूहरुलाई गैरकानूनी लाभ लिने उद्देश्यले गोकर्णेश्वर नगरपालिकासँग गरेको सम्झौता विपरीत कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेल र सुसान्त कुईकेललाई बिगो रु.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुनका साथै उक्त राजाडिल सडक खण्ड निर्माणको ठेक्का दिई निर्माण कार्यसमेत सम्पन्न पश्चात कामको रकम भुक्तानी गरिदिएवापत उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेलले निज सुसान्त कुईकेललाई सेवाग्राहीबाट रु.१,००,०००।- घुस/रिसवत लिन लगाई आफूहरुसमेतले लिने मञ्जुरी गरी आरोपितहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निजहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेललाई बिगो रु.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन तथा आरोपित सुसान्त कुईकेलले सेवाग्राहीले गरेको कामको रकम भुक्तानी गर्न उपभोक्ता समितिका पदाधिकारीहरुसँग मिलेमतो गरी घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेकोले निजलाई बिगो रु.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06