ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्‍चिम) का तत्कालीन प्रहरी जवान संजिव धवलसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।११ गते।
------------------------------------------
ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्‍चिम) का तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको घटनाको सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनको सुझावहरुमध्ये सादा पोशाकमा परिचालित प्रहरी जवान संजिव धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा रु.५५,०००।- (पचपन्‍न हजार रुपैयाँ) रकमान्तर गर्न लगाएको देखिएकोले थप कारबाही हुन भन्‍ने गृह मन्त्रालयबाट प्राप्‍त प्रतिवेदनको सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी जवान संजिव धवलले मिति २०७८।०४।२१ गते बेलुका अवैध मोबाइलसहितको गाडी लिई आउने अर्जुन प्रसाद शर्मा र इन्द्र लाल श्रेष्‍ठलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन प्रक्रिया अगाडि बढाउनुको सट्टा व्यक्तिगत लाभ प्राप्‍त गर्ने उदेश्यले अबैध सामान सहितको गाडी र निज व्यक्तिहरुलाई छुटाउनको लागि निजहरुबाट नगद रु.१,२०,०००।- (एक लाख बिस हजार रुपैयाँ) र बैंकिङ प्रणालीमार्फत रु.५५,०००।- (पचपन्‍न हजार रुपैयाँ) समेत गरी जम्मा रु.१,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिएको देखिएकोले निज संजिव धवललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र घुस/रिसवतसमेत असुल हुन तथा दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको छ।
 
साथै, जिल्ला चितवन, भरतपुर महानगरपालिका, वडा नम्बर-८ स्थायी वतन भएका अर्जुन प्रसाद शर्मा र सोही महानगरपालिका, वडा नम्बर-२१ स्थायी वतन भएका इन्द्रलाल श्रेष्‍ठले व्यक्तिगत लाभ प्राप्‍त गर्ने उद्देश्यले राष्‍ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभावमा पारी अवैध मोबाइलसहितको गाडी छुटाउन र आफूहरु कानूनी कारवाही समेतबाट बच्नको लागि गैरकानूनी रुपमा नगद रु.१,२०,०००।- (एक लाख बीस हजार रुपैयाँ) तथा मोबाइल बैंकिङ्ग प्रणालीमार्फत रु.५५,०००।- (पचपन्‍न हजार रुपैयाँ) समेत गरी जम्मा रु.१,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) प्रहरी जवान संजिव धवललाई गैरकानूनी रुपमा घुस/रिसवत दिएकोले निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22