जिल्ला धनुषा, तत्कालीन हँसपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामेश्वर कापर, हँसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याउने एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।०८ गते।
------------------------------------------
जिल्ला धनुषा, हँसपुर नगरपालिका वडा नं. १ भगवानपट्टीमा रहेको कि.नं. ३३० को सार्वजनिक पोखरीलाई वडा नं. १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन हँसपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामेश्वर कापरले हँसपुर नगरपालिका वडा नं. १ स्थित कित्ता नं. ३३० को सार्वजनिक पोखरी ठेक्काबापत आफूले बुझी लिएको दोस्रो वर्षको किस्ता रु.५,५५,०००।–राजस्व रकम राजस्वमा दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर गाउँपालिकालाई हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निज कामेश्वर कापरलाई बिगो रु.५,५५,०००।–(पाँच लाख पचपन्न हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो अनुसार जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुल उपर हुन एवं नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगरेको अवस्थामा समेत निरन्तर किस्ता दिएको भनी कामेश्वर कापरले हंसपुर गाँउपालिका वडा नं. १ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्नेसमेत व्यहोराको गलत व्यहोरा खुलाई गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज कामेश्वर कापरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुनसमेत मागदाबी लिइएको छ।
ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीले हँसपुर नगरपालिका वडा नं. १ स्थित कित्ता नं. ३३० को सार्वजनिक पोखरी ठेक्कावापत दोस्रो वर्षको किस्ता रु.५,५५,०००।- राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर नगरपालिकालाई हानिनोक्सानी गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निजहरु मदन कुमार झा र नवीन कुमार चौधरीलाई बिगो रु.५,५५,०००।– (पाँच लाख पच्पन्न हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी विगोसमेत जफत हुन मागदाबी लिइएको छ।
साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले हँसपुर नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णयमा नभएको नगरेको कुरा देखाई सरकारी कागज सच्याउने कार्य गरी सोही सच्याइएको सरकारी कागजलाई सक्कल हो भनी प्रमाणित गरी गराई गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज केशव कुमार अधिकारीलाई सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22