जिल्ला धनुषा, तत्कालीन हँसपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामेश्वर कापर, हँसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याउने एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।०८ गते।
------------------------------------------
जिल्ला धनुषा, हँसपुर नगरपालिका वडा नं. १ भगवानपट्टीमा रहेको कि.नं. ३३० को सार्वजनिक पोखरीलाई वडा नं. १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन हँसपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामेश्वर कापरले हँसपुर नगरपालिका वडा नं. १ स्थित कित्ता नं. ३३० को सार्वजनिक पोखरी ठेक्काबापत आफूले बुझी लिएको दोस्रो वर्षको किस्ता रु.५,५५,०००।–राजस्व रकम राजस्वमा दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर गाउँपालिकालाई हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निज कामेश्वर कापरलाई बिगो रु.५,५५,०००।–(पाँच लाख पचपन्न हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो अनुसार जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुल उपर हुन एवं नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगरेको अवस्थामा समेत निरन्तर किस्ता दिएको भनी कामेश्वर कापरले हंसपुर गाँउपालिका वडा नं. १ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्नेसमेत व्यहोराको गलत व्यहोरा खुलाई गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज कामेश्वर कापरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुनसमेत मागदाबी लिइएको छ।
ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीले हँसपुर नगरपालिका वडा नं. १ स्थित कित्ता नं. ३३० को सार्वजनिक पोखरी ठेक्कावापत दोस्रो वर्षको किस्ता रु.५,५५,०००।- राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर नगरपालिकालाई हानिनोक्सानी गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निजहरु मदन कुमार झा र नवीन कुमार चौधरीलाई बिगो रु.५,५५,०००।– (पाँच लाख पच्पन्न हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी विगोसमेत जफत हुन मागदाबी लिइएको छ।
साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले हँसपुर नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णयमा नभएको नगरेको कुरा देखाई सरकारी कागज सच्याउने कार्य गरी सोही सच्याइएको सरकारी कागजलाई सक्कल हो भनी प्रमाणित गरी गराई गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज केशव कुमार अधिकारीलाई सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत सुक बहादुर तामाङ्ग उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
जिल्ला बाँके, डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डे उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/30
नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्भेक्षक बेचन प्रसाद गुप्ता (तेली) उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/27
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवं हाल नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेत ११ जना र कम्पनीउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/23
जिल्ला मोरङ, रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत ७ जना उपर गलत लिखत एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/06/14