जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित माध्यमिक बिद्यालय कोटातुल्सीपुरका बालबिकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्ल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।१५ गते।
------------------------------------------
 
जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित श्री माध्यमिक बिद्यालय कोटातुल्सीपुरमा कार्यरत बालबिकास कार्यकर्ता निरञ्जना मल्लको एस.एल.सी. सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निरञ्जना मल्लले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई-स्कुल परिक्षाको नक्कली (झुट्टा) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कैलाली जिल्लाको बर्दगोरीया गाँउपालिका वडा नं.४ मा रहेको माध्यमिक बिद्यालय कोटातुल्सिपुरमा वालबिकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी निज निरञ्जना मल्लले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15