जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित माध्यमिक बिद्यालय कोटातुल्सीपुरका बालबिकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्ल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।१५ गते।
------------------------------------------
 
जिल्ला कैलाली, बर्दगोरीया गाँउपालिका वडा नं.४ स्थित श्री माध्यमिक बिद्यालय कोटातुल्सीपुरमा कार्यरत बालबिकास कार्यकर्ता निरञ्जना मल्लको एस.एल.सी. सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निरञ्जना मल्लले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई-स्कुल परिक्षाको नक्कली (झुट्टा) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कैलाली जिल्लाको बर्दगोरीया गाँउपालिका वडा नं.४ मा रहेको माध्यमिक बिद्यालय कोटातुल्सिपुरमा वालबिकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी निज निरञ्जना मल्लले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06