जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ४ स्थित मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेल उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०७ गते।
------------------------------------------
 
जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ४ स्थित श्री मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको र नक्कली प्रमाणपत्रको आधारमा शिक्षक पदमा नियुक्त भएकोले आवश्यक कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुक्तिधाम आधारभूत विद्यालयका प्रा.वि. राहत शिक्षक डिलमाया कुमारी कडेलले साबिक श्री मुक्तिधाम प्राथमिक विद्यालय, मिनमिनवा-९, विष्णुपुरा, रुपन्देहीमा प्रा.वि. राहत कोटको शिक्षक दरबन्दीमा नियुक्ति हुनका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06