जिल्ला चितवन, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इन्जिनियर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०७ गते।
------------------------------------------
 
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर ईलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनको विकास एवं विस्तारका लागि खैरहनी नगरपालिकाबाट विनियोजन भएको बजेट र समूहको आन्तरिक कोषबाट मध्यवर्ति सामुदायिक वन क्षेत्रमा कंक्रिट मचान निर्माण गर्ने भनी निकुञ्जको सौराहा सेक्टरबाट अनुमति प्राप्त गरी सो अनुमति र ऐन, नियम विपरीत निकुञ्जको कोर एरियामा कंक्रिट मचानभन्दा भिन्न लज होटलको स्वरुप र आकारको 18 कोठे 5 तल्ले विशाल भवन निर्माण गरेको, अन्य प्रयोजनका लागि निशुल्क काठ काटी ढुवानी निकासी गरी लैजान अनुमति लिई सो को दुरुपयोग गरी उक्त भवनमा समेत काठ प्रयोग गरेको, बुढी राप्ति उपभोक्ता समितिले कोर एरियामा वनेको उक्त भवनमा रकम खर्च गरेको, खैरहनी नगरपालिकाले अनुमति लिनु भन्दा अगाडि नै उपभोक्ता समितिसँग सम्झौता गरी निकुञ्जसँग समन्वय नगरी मध्यवर्ति क्षेत्र हो वा होइनसमेत एकिन नगरी निर्माण कार्यको सर्भे, नक्सा र लागत अनुमान तयार एवं स्वीकृत गरी निर्माण कार्य अगाडि बढाएको, सौराहा सेक्टरले आफूले प्रदान गरेको अनुमति र शर्त विपरित कोर एरियामा विशाल भवन निर्माण हुँदासमेत समयमै अनुगमन गरी रोक्का नगरेको कारणबाट कोर एरिया (निकुञ्जको चार किल्लाभित्र) मा निर्मित उक्त भवन प्रयोगविहिन भई भवन निर्माणमा लगानी भएको रकम औचित्यहिन भई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरे गराएको हुँदा सो कार्यमा कार्यालय/संस्था र ब्यक्तिहरुको संलग्नता देखिएकोले देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव उपर बिगो रु.६,७०,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/05
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियासमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/04
तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.का संस्थापक सदस्य, डच मिडिया प्रा.लि.का निर्देशक, प्रभाव राष्ट्रिय दैनिक प्रा.लि. का प्रबन्ध निर्देशकसमेत ५ जना र मिडिया प्रा.लि. उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/03
सुदुरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री (हाल प्रदेश सभा सदस्य) दीर्घ बहादुर सोडारी उपर रु.१,०८,३८,३०२।५७ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/02
यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/30
नवराजपुर गाउँपालिका, सिरहाका तत्कालीन गाउँपालिका अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसमेत १३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/27