भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।२३ गते।
------------------------------------------
 
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग रु. १,५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको  टोलीले निज नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई सेवाग्राहीसँग रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०८०।०६।१२ गते नियन्त्रणमा लिइएको थियो।
 
अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टी भएकोले निजहरु सुदिप कटुवाल र रमेश अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनसमेत मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15