चन्द्रपुर नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत/राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीसमेत ३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०७।१६ गते।
------------------------------------------
 
जिल्ला रौतहट, चन्द्रपुर नगरपालिकासमेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी खोलाको पूर्वाधार उपयोग कर संकलनको लागि लगाएको ठेक्का नं. १५/०७७/०७८ समेतको ठेक्कामा अनियमितता गरी राजस्व छली गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान चन्द्रपुर नगरपालिका, रौतहटले आ.व. २०७७/०७८ मा ठेक्का नं. १५/०७७/०७८, आय ठेक्का “पूर्वाधार उपयोग कर चाँदी खोला” मा आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी/नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी/नगराई रु.२८,२५,००५।६५ (अठ्ठाइस लाख पच्चीस हजार पाँच रुपैया पैसठ्ठी पैसा) बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको हुँदा उल्लिखित कसुरमा संलग्न प्रतिवादीहरुउपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15