जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१४ गते।
------------------------------------------
 
प्रतिवादी योगेन्द्र ढुंगेल भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेका ज्ञानहरी लामाले विशेष अदालतसमक्ष वकपत्र गर्दा प्रतिकूल वकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामालाई अनुसन्धानको क्रममा सरकारी साक्षीको रुपमा पेश गरेकोमा निजले आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयानको व्यहोराको प्रतिकूल हुने गरी सम्मानित विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज ज्ञानहरी लामाले अनुज्ञापत्रको लागि रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई बिगो रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय र ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06