जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१४ गते।
------------------------------------------
 
प्रतिवादी योगेन्द्र ढुंगेल भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेका ज्ञानहरी लामाले विशेष अदालतसमक्ष वकपत्र गर्दा प्रतिकूल वकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामालाई अनुसन्धानको क्रममा सरकारी साक्षीको रुपमा पेश गरेकोमा निजले आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयानको व्यहोराको प्रतिकूल हुने गरी सम्मानित विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज ज्ञानहरी लामाले अनुज्ञापत्रको लागि रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई बिगो रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय र ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15