जिल्ला दैलेख, नैमुले गा.पा. बस्ने देव बहादुर थापा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१४ गते।
------------------------------------------
 
वैदेशिक रोजगार विभाग बुद्वनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे प्रतिवादी भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा सम्मानित विशेष अदालतमा पेस गरिएका जिल्ला दैलेख, नैमुले गा.पा. बस्ने देव बहादुर थापाले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी नायब सुब्बा प्रमोद पाण्डे भएको मुद्दामा अनुसन्धानको क्रममा देव बहादुर थापालाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले सम्मानित विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा निज देव बहादुर थापाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम भ्रष्टाचारजन्य कसुर भएकोले निज देव बहादुर थापालाई रु.३०,०००।- (तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो वमोजिम जरिवाना गरी उक्त विगोसमेत जफत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06