जिल्ला दैलेख, नैमुले गा.पा. बस्ने देव बहादुर थापा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१४ गते।
------------------------------------------
 
वैदेशिक रोजगार विभाग बुद्वनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे प्रतिवादी भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा सम्मानित विशेष अदालतमा पेस गरिएका जिल्ला दैलेख, नैमुले गा.पा. बस्ने देव बहादुर थापाले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी नायब सुब्बा प्रमोद पाण्डे भएको मुद्दामा अनुसन्धानको क्रममा देव बहादुर थापालाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले सम्मानित विशेष अदालत, काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा निज देव बहादुर थापाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिम भ्रष्टाचारजन्य कसुर भएकोले निज देव बहादुर थापालाई रु.३०,०००।- (तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो वमोजिम जरिवाना गरी उक्त विगोसमेत जफत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09