जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. बस्ने कल्याणी सुवेदी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१२ गते।
------------------------------------------
 
सीमा प्रहरी चौकी टिमुरे रसुवामा कार्यरत प्रहरी कर्मचारीसमेतले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको सम्मानित विशेष अदालत, काठमाडौँमा दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएकी जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. बस्ने  कल्याणी सुबेदीले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री विशेष अदालत, काठमाडौंमा दर्ता भएको राजश्व चुहावटसमेत गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा सुन बिक्री गर्न ल्याउँदा राख्न दिएकोमा राखिदिएको भनी कल्याणी सुवेदीलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा सहयोग गरेको कारण निजलाई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले श्री विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजात व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक वाक्यांशको व्यवस्था बमोजिम निजउपर पुन: मुद्दा दायर गर्न सकिने हुँदा निज कल्याणी सुवेदी उपर विगो रु.६,७७,५९९।– (छ लाख सतहत्तर हजार पाँच सय उन्नान्सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06