जिल्ला बारा, बारागढी गा.पा. बस्ने नबि अख्तर मियाँ धोबी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१२ गते।
------------------------------------------
 
भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले नबि अख्तर मियाँ धोबीसँग जग्गा रजिष्ट्रेशन गरिदिनको लागि घुस/रिसवत लिई भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको सम्मानित विशेष अदालतमा दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका जिल्ला बारा, बारागढी गा.पा. बस्ने  नबि अख्तर मियाँ धोबीले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री विशेष अदालत, काठमाडौंमा दर्ता भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको  भन्ने प्रतिवादी रामविश्वास साहसमेत भएको मुद्दामा घुस/रिसवत दिने नबि अख्तर मियाँ धोबीलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पुर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले श्री विशेष अदालत, काठमाडौंसमक्ष उपस्थित भई वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएका कागजात व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि हुन आएको हुँदा निज नबि अख्तर मियाँ धोबीले गरेको घुस/रिसवत दिने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएको हुँदा निज नबि अख्तर मियाँ धोबीउपर रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा ऐ. ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम सजाय हुन मागदावी लिर्इ आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
 
प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15