जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१० गते।
------------------------------------------
 
जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका कर्मचारीहरुसमेतले आ.व. २०७८/०७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८/०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातबरणीय परीक्षण प्रतिबेदन (IEE) स्वीकृत गरेको, त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार आ.व. २०७८/०७९ को लागि नदीजन्य पदार्थको प्रस्ताबित आय प्रक्षेपण गरेकोमा निज नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङगा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा IEE प्रतिबेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण बास्तबिक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको रु.६२,९१,२०४।२२ (बैसठ्ठी लाख एकानब्बे हजार दुई सय चार रूपैयाँ बाईस पैसा) र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्‍याएको कारण माटो भरौटे र बलौटेको राजस्व रु.१८,४४,१७७।९४ (अठार लाख चौवालीस हजार एक सय सतहत्तर रुपैया चौरानब्बे पैसा) चुहावट भएको पाइएको हुँदा उक्त कार्यमा निजले जम्मा रू.८१,३५,३८२।१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) राजस्व चुहावट गरेकोले निज बलदेव चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसुरमा बिगो रु.८१,३५,३८२।१६ (एकासी लाख पैतीस हजार तीन सय बयासी रुपैया सोह्र पैसा) कायम गरी निजलाई सोही ऐनको दफा ७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ७ बमोजिम चुहावट भए/गरेको राजश्व रकमको दोब्बर रु.१,६२,७०,७६४।३२ जरिवाना हुन मागदाबी लिइएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22