साविक जिल्ला शिक्षा कार्यालय, धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसमेत २ जना उपर नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।०२ गते।
------------------------------------------
 
जिल्ला धनुषा, मिथिलाबिहारी नगरपालिका वडा नं.-९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई जिल्ला शिक्षा कार्यालय, धनुषाले मिति २०७१।०६।०७ मा श्री भानु उ.मा.वि., किसानपुरबाट श्री रामजानकी प्राथमिक विद्यालय कटरैत, धनुषाको प्रा.वि. दरबन्दीमा पदस्थापन गरेको नियुक्ति नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निलम कुमारी यादवले भानु उच्च माध्यामिक विद्यालय, किसानपुर, धनुषाको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्ति पत्रको आधारमा श्री राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई नपाएको शिक्षकको पदको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी शिक्षक पदको ओहदा, अधिकार, हैसियत वा सुविधा प्रयोग गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज निलम कुमारी यादवलाई भ्रष्टाचार निवारण ‌ऐन, २०५९ को दफा १५ बमोजिम कैद र जरिवाना हुन। साथै साविक जिल्ला शिक्षा कार्यालय, धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले प्रतिवादी निलम कुमारी यादवको श्री भानु उच्च माध्यमिक विद्यालय, किसानपुरको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाउने, नियुक्ति नैं नभएको र अभिलेखीकरणनै नभएकी निज निलम कुमारी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधार बनाई भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै श्री राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना गरी सरकारी निकाय वा संस्थालाई हानि पुर्‍याउने बदनियतले प्रतिवादी निलम कुमारी यादवसँग मिलेमतो गरी नक्कली नियुक्ति, नक्कली विस्थापन तथा पदस्थापन सम्बन्धी लिखत/कागजात तयार गर्ने कार्यमा निज उपेन्द्र मण्डलको संलग्नता पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुर भएकोले निज उपेन्द्र मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसार कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22