साविक जिल्ला शिक्षा कार्यालय, धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसमेत २ जना उपर नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०६।०२ गते।
------------------------------------------
 
जिल्ला धनुषा, मिथिलाबिहारी नगरपालिका वडा नं.-९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई जिल्ला शिक्षा कार्यालय, धनुषाले मिति २०७१।०६।०७ मा श्री भानु उ.मा.वि., किसानपुरबाट श्री रामजानकी प्राथमिक विद्यालय कटरैत, धनुषाको प्रा.वि. दरबन्दीमा पदस्थापन गरेको नियुक्ति नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निलम कुमारी यादवले भानु उच्च माध्यामिक विद्यालय, किसानपुर, धनुषाको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्ति पत्रको आधारमा श्री राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई नपाएको शिक्षकको पदको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी शिक्षक पदको ओहदा, अधिकार, हैसियत वा सुविधा प्रयोग गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज निलम कुमारी यादवलाई भ्रष्टाचार निवारण ‌ऐन, २०५९ को दफा १५ बमोजिम कैद र जरिवाना हुन। साथै साविक जिल्ला शिक्षा कार्यालय, धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले प्रतिवादी निलम कुमारी यादवको श्री भानु उच्च माध्यमिक विद्यालय, किसानपुरको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाउने, नियुक्ति नैं नभएको र अभिलेखीकरणनै नभएकी निज निलम कुमारी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधार बनाई भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै श्री राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना गरी सरकारी निकाय वा संस्थालाई हानि पुर्‍याउने बदनियतले प्रतिवादी निलम कुमारी यादवसँग मिलेमतो गरी नक्कली नियुक्ति, नक्कली विस्थापन तथा पदस्थापन सम्बन्धी लिखत/कागजात तयार गर्ने कार्यमा निज उपेन्द्र मण्डलको संलग्नता पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुर भएकोले निज उपेन्द्र मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसार कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17
मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीमा तत्कालीन सव-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमार उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/06/16
जिल्ला बाँके, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/15