जिल्ला सुनसरी, धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साह उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।२५ गते।
------------------------------------------
 
जिल्ला सुनसरी, धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग अधिकार नै नभएको विभागका एक अधिकृतस्तरका कर्मचारीले बिजुलीको महशुल संकलन गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्काल वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहले प्रतिष्ठानको हातामा संचालनमा रहेका बिभिन्न व्यवसायीहरुबाट विद्युत महशुलवापतको रकम रु.३३,२०,२२६।–(तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ) उठाई विद्युत महशुल सम्बन्धि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको देखिन आई निज तेज नारायण साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज तेज नारायण साहउपर बिगो रु.३३,२०,२२६।–(तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (छ) बमोजिम कैद सजाय र जरिवाना हुन तथा हानिनोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
प्रवक्ता
भोला दाहाल
 

Download Download
  

Other Press Release

जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/10/09
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/08
नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/07
जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/06